Banner
कंचनपुरको शुक्लाफाँटालाई पूर्णखोप पालिका घोषणा
कञ्चनपुर । कंचनपुरको शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो । नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए । उनका अनुसार पूर्णखोप सुनिश्चितताका लागि १६ देखि […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिमका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, […]
पूरा पढ्नुहोस्
कञ्चनपुरको कृष्णपुरले ल्यायो ९७ करोड ५ लाखको बजेट
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९७ करोड ५ लाख ६० हजारको बजेट सार्वजनिक गरेको हो। कृष्णपुर नगरपालिकाको १५ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१र८२ का लागि भत्ता रकम दुई सय प्रतिशत बढाइएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हाल पाँच सय भत्ता […]
पूरा पढ्नुहोस्
धनगढी उपमहानगरपालिकाले सुरु गरेको निःशुल्क स्वास्थ्य क्लिनिकबाट ७८ हजार बढीले लिए सेवा
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट ७८ हजार ११७ सेवाग्राहीले सेवा पाएका छन् । हरेक महिना उपमहानगरले महिनाको एक दिन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा झण्डै पाँच हजार गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ । उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार जम्मा चार हजार ६ सय […]
पूरा पढ्नुहोस्
कैलारी गाउँपालिकाले ल्यायो ७७ करोड २१ लाखको बजेट
धनगढी । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सोमबार भएको गाउँसभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन्। आयतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँट १३ करोड छ लाख, […]
पूरा पढ्नुहोस्
साताको सेयर बजार : लगानीकर्ताको सम्पत्ति करिब ७० अर्बले घट्यो
काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सेयर कारोबार घट्दा लगानीकर्ताको सम्पत्ति कुल बजार पुँजीकरण समग्रमा करिब ७० अर्ब रुपैयाँले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत साताको तुलनामा कुल बजार पुँजीकरण ६९ अर्ब ७३ करोड ८६ लाख रुपैयाँले घटेको छ ।यो साताको अन्तिम […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ ।आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि […]
पूरा पढ्नुहोस्
भारतको सहज जित, अफगानिस्तान ४७ रनले पराजित
काठमाडौं । आईसीसी टी –२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित हासिल गरेको छ । गएराति भएको खेलमा भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, […]
पूरा पढ्नुहोस्
बेलौरीमा मेयर र हाकिमको मनपरी : इन्धन र गाडी मर्मतमै १ करोड १६ लाख स्वाहा
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाले इन्धन खर्च र सवारीसाधन मर्मत शिर्षकमा आचाक्ली खर्च गरेको पाइएको छ । नगर प्रमुख पोतीलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी लगायतका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा इन्धन खर्च र सवारी साधन मर्मत खर्च भन्दै एक करोड १६ लाख रुपैयाँ बुझेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार […]
पूरा पढ्नुहोस्