समाचार
बझाङमा पहिरोले घर च्यापिँदा ४ बेपत्ता
बझाङ । बझाङमा पहिरोले घर च्यापिँदा ४ बेपत्ता भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्। बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई जना नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घरमा ९ जना सदस्य रहेको भएपनि ५ जनाको जिवितै […]
पूरा पढ्नुहोस्
बालेन र सुनीतालाई जोडेर एआई भिडिओ बनाएको आरोपमा बाजुराका युवक पक्राउ
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो […]
पूरा पढ्नुहोस्
नवौँ सुदूरपश्चिम गौरा महोत्सव भदौ ८ गते बाट हुने
धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको सयुक्त आयोजनामा नवौं गौरा महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिकाको वाड न-१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि एन जोशीले बताए। हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुदै आएको गौरा […]
पूरा पढ्नुहोस्
नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । […]
पूरा पढ्नुहोस्
शेख हसिनाविरुद्धको हत्या मुद्दामा छानबिन हुने
ढाका । बंगलादेशको एक अदालतले ढाकाका एक किराना पसलेको हत्यामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकासम्बन्धी मुद्दामा छानबिनको आदेश दिएको छ । यस मामिलामा मुद्दा दायर गर्नेले बताएअनुसार गएको महिना सरकारी जागिरमा आरक्षणको विरोधमा भएको आन्दोलनका क्रममा ती किराना पसलेको हत्या भएको थियो । हसिना र अरू ६ जनाविरुद्ध आमिर हमजाले मुद्दा दर्ता गराएका थिए […]
पूरा पढ्नुहोस्
बिछ्यौनाबाट बिलौना पनि गर्न सक्दैनन् राजेन्द्र
कैलाली । दक्षिणतर्फको झ्यालबाट प्रष्ट प्रकाश छिरेको छ । झ्यालका पर्दाहरू हल्का हल्लिएका छन् । कुनै बेला कोठामा सन्नाटा छाउँछ, कुनै बेला कोही सुकसुक गरेको आवाज । झ्यालबाट छिरेको प्रकाश सिँधै राजेन्द्रको आँखामा परेको छ । तरआँखा झिम्किएको छैन । त्यही झ्यालबाट छिरेको हावाको कपाल हल्लाउँदा मुहारमा शीतलता छैन । न सन्नाटामा उनी उदास देखिन्छन् […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । गत असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते काँग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् […]
पूरा पढ्नुहोस्
कर सङ्कलन सम्बन्धी अध्यादेश सर्वसम्मतले स्वीकृत
धनगढी । सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ । आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले स्वीकृत गरेको हो। बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नु गरेका थिए । चालु आर्थिक वर्षमा […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले शाहले बुधबार विश्वासको मत लिने भन्दै संसद बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। बुधबार दिउसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताए। संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। मुख्यमन्त्री शाह […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द, भने “भदौ १५ सम्म बधाई दिनपनि नआउनु”
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् । कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् । शाहको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि भदौ १५ गतेसम्म बन्द […]
पूरा पढ्नुहोस्