समाचार
यी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव
धनगढी । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन आग्रह […]
पूरा पढ्नुहोस्
हावाहुरीले धनगढी वितरण केन्द्र अन्र्तगत ६०ओटा विद्युत पोल ढल्दा विद्युत अवरुद्ध
धनगढी । बुधबार साँझ पानीसगै आएको हावाहुरीका कारण ६० ओटा बिद्युतका पोल ढलेका छन् । नेपाल बिद्युत प्रधिकरण धनगढी बितरण केन्द्र अन्तरगत ६० ओटा बिद्युतका पोल ढलेका हुन् । धनगढी उपमहानरपालिकाको वडा नम्बर ७,१०,१२,१८ र चौमला क्षेत्रमा गरी ६० पोलमा क्षति भएको बिद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ । विद्युतका पोल ढलेको स्थानमा हिजो […]
पूरा पढ्नुहोस्
चैतन्य पाठशालामा ईश्वर गिरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन
धनगढी । धनगढी उपमहानगरपालिकाको शिवनगरमा अवस्थित चैतन्य पाठशालामा शिक्षक अभिभावक संघको पुनर्गठन भएको छ । बुधबार विद्यालयमा भएको शिक्षक अभिभावक भेलाबाट शिक्षक अभिभावक संघको पुनर्गठन भएको हो । शिक्षक अभिभावक संघको अध्यक्षमा ईश्वर गिरी, सदस्यमा पदम खडका, प्रेम चौधरी, तिर्थ भण्डारी, मिनबहादुर ऐडी, नृप विक, डम्मरा सिंह, शिवनारायणी दहित, भावना दाहाल, रवि साउँद, सपना सिंह […]
पूरा पढ्नुहोस्
धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि शिखर इन्स्योरेन्सबाट १३ लाख १५ हजार सहयोग
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको छ। उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो। नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल […]
पूरा पढ्नुहोस्
चौधरी फाउन्डेसनद्वारा अत्तरियाको समावेशी विद्यालयमा शैक्षिक सामग्री वितरण
धनगढी । चौधरी फाउन्डेसनले कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । आज एक कार्यक्रमका बिच फाउन्डेसनमा अध्ययनरत करिब ७० जना अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई लेखपढ गर्न अत्यावश्यक कापी,कलम,वर्णमाला,औजार प्रदान गरिएको जनाइएको छ । चौधरी ग्रुपका सुदुर पश्चिम प्रदेश प्रमुख योगेन्द्र भट्टले चौधरी ग्रुपले […]
पूरा पढ्नुहोस्
आज सुदूरपश्चिम प्रदेशमा चर्को गर्मी र तातो हावाले निरन्तरता पाउने
काठमाडौँ । आज पनि सुदूरपश्चिमको तराई भु-भागमा पर्ने कैलाली र कंचनपुरमा चर्को गर्मी र तातो हावाले निरन्तरता पाउने जनाइएको छ । लामो समयदेखि अत्यधिक गर्मी र दिउँसोको समयमा तातो हावा चलिरहेको कैलाली र कंचनपुरमा आज बर्षाको सम्भावना नरहेकाले गर्मी र तातो हावाले निरन्तरता पाउने सम्भावना अत्यधिक रहेको छ । देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव […]
पूरा पढ्नुहोस्
धनगढीका विद्यालयमा असार ७ गतेसम्म गर्मी बिदा
धनगढी । धनगढी उपमहानगरपालिकाले असार ७ गते सम्म विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै असार ५ गतेदेखि ७ गतेसम्म उपमहानगरपालिका भित्रका विद्यालयहरुमा बिदा दिने जानकारी गराएको हो । पछिल्लो समय गर्मी बढ्दै गएकाले बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरि बर्षे बिदाबाट मिलान […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारद्वारा करको दरमा हेरफेर
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायरा विस्तार र दरमा हेरफेर गरेको छ । करको दायरा विस्तार गर्न साधनस्रोत जनशक्ति व्यवस्थापन एवं कानुनी व्यवस्था भइनसकेका स्थानीय तहमा टाँगा, अटोरिक्सा, विद्युतीय रिक्सामा कर लगाउने र उठाउने व्यवस्था गरेको हो । यसैगरी सवारीसाधन कर, […]
पूरा पढ्नुहोस्
एसईई आइडल सिजन ३ : नृत्य र गायनमा अत्तरिया को दुर्गा लक्ष्मीका अनु र कामना बने विजेता
धनगढी । सुदुरपश्चिम प्रदेश स्तरीय प्रदेश युवा परिषद् एसईई आइडल सिजन ३ मा नृत्य र गायन तर्फ अत्तरिया को दुर्गा लक्ष्मी माध्यामिक विद्यालयका अनु देउवा र कामना देउवा विजेता बनेका छन् । असार १ गते धनगढीको ओम प्यालेसमा सम्पन्न सिजन ३ को फाइनलमा नृत्य तर्फ अनु देउवाले १५ जना र गायन तर्फ कामना देउवाले १६ […]
पूरा पढ्नुहोस्
सुदुरपश्चिम प्रदेशमा छैन आज वर्षाको सम्भावना
धनगढी । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्