डोटी । डोटीको सिलगढी नगरपालिका वडा नं २ खाति वडाको एक बस्तीमा घर हस्तान्तरण गरिएको छ । वडा नं २ निवासी बासु कामीलाई एक कार्यक्रमका बीच वडा अध्यक्ष राजेन्द्र खड्काले घर हस्तान्तरण गरेका हुन्। भारतमा काम गर्दै आएका उनका श्रीमानको मृत्यु पश्चात् बिचलीमा परेको देखेपछि वडा नम्बर २ मा बस्ने बासुदेवी कामीको अवस्था बुझी घरको आवश्यकता परेको हुँदा वडा अध्यक्ष राजेन्द्र खड्काले सामाजिक सञ्जालबाट सहयोगको अपिल गर्दै २ लाख५६ हजारको दुई कोठा बराबरको घर निर्माण गरी हस्तान्तरण गरेका हुन्।
भारतको गुजरात जोतपुरमा काम गर्दै आइरहेका श्रीमानको मृत्यु पश्चात् विचल्नमा परेपछि आफ्नै स्वदेश नेपाल फर्के पश्चात उनको पारिवारिक अवस्था बुझे आफूले घर निर्माण गरेको वडा अध्यक्ष राजेन्द्र खड्काले बताए।
वासुदेवी कामीका परिवारमा तीन छोरी र दुई छोरा रहेका छन्। उनले अब घर निर्माण भयो छोराछोरीलाई पढाउन लेखाउन पनि आफूलाई गाह्रो भइरहेको बताइन्।
उनलाई घर हस्तान्तरण पश्चात् वडा अध्यक्ष राजेन्द्र खड्काले आफू स्थानीय सरकार भएका कारणले जनतालाई समस्या आए यसरी नै काम गर्ने र स्थानीय सरकारको महसुस गराउने बताए।

प्रतिकृया दिनुहोस्