Banner

धनगढी बाट छुटेको बस डोटीमा दुर्घटना, १६ जना घाइते

डोटी । डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । […]

पूरा पढ्नुहोस्

शेख हसिनाविरुद्धको हत्या मुद्दामा छानबिन हुने

ढाका । बंगलादेशको एक अदालतले ढाकाका एक किराना पसलेको हत्यामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकासम्बन्धी मुद्दामा छानबिनको आदेश दिएको छ । यस मामिलामा मुद्दा दायर गर्नेले बताएअनुसार गएको महिना सरकारी जागिरमा आरक्षणको विरोधमा भएको आन्दोलनका क्रममा ती किराना पसलेको हत्या भएको थियो । हसिना र अरू ६ जनाविरुद्ध आमिर हमजाले मुद्दा दर्ता गराएका थिए […]

पूरा पढ्नुहोस्

बिछ्यौनाबाट बिलौना पनि गर्न सक्दैनन् राजेन्द्र

कैलाली । दक्षिणतर्फको झ्यालबाट प्रष्ट प्रकाश छिरेको छ । झ्यालका पर्दाहरू हल्का हल्लिएका छन् । कुनै बेला कोठामा सन्नाटा छाउँछ, कुनै बेला कोही सुकसुक गरेको आवाज । झ्यालबाट छिरेको प्रकाश सिँधै राजेन्द्रको आँखामा परेको छ । तरआँखा झिम्किएको छैन । त्यही झ्यालबाट छिरेको हावाको कपाल हल्लाउँदा मुहारमा शीतलता छैन । न सन्नाटामा उनी उदास देखिन्छन् […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । गत असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते काँग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् […]

पूरा पढ्नुहोस्

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चक्रबहादुर मल्ललाई चयन गरिएको छ । मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो । मल्ल डोटीको प्रदेश सभा ९क० बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको […]

पूरा पढ्नुहोस्

कर सङ्कलन सम्बन्धी अध्यादेश सर्वसम्मतले स्वीकृत

धनगढी । सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ । आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले स्वीकृत गरेको हो। बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नु गरेका थिए । चालु आर्थिक वर्षमा […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले शाहले बुधबार विश्वासको मत लिने भन्दै संसद बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। बुधबार दिउसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताए। संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। मुख्यमन्त्री शाह […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द, भने “भदौ १५ सम्म बधाई दिनपनि नआउनु”

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् । कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् । शाहको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि भदौ १५ गतेसम्म बन्द […]

पूरा पढ्नुहोस्