समाचार
कञ्चनपुरबाट ५९ लाख बराबरको अवैध समान बरामद
धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं। ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक […]
पूरा पढ्नुहोस्
त्रिनगर नाका बाट अबैध सामाग्री नियन्त्रणमा
धनगढी । शसस्त्र प्रहरीले त्रीनगर भन्सार नाका बाट भन्सार छलिका अबैध सामान नियन्त्रणमा लिएको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगर धनगढी बाट खटिएको टोलिले भारत बाट भन्सार छली नेपाल ल्याइरहेको अवस्थामा अन्दाजी ३ लाख ५० हजार बराबरको सेनेटरी सामानहरु नियन्त्रणमा लिएको बताइएको छ । चाडपर्व नजिकिए संगै सशस्त्र प्रहरीले सिमानाकामा कडाइ गरिएको छ […]
पूरा पढ्नुहोस्
सरकारी वकिलको राय : सन्दिप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन गर्नुपर्छ
धनगढी। उच्च सरकारी वकिलको कार्यालय, पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ । पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयका प्रमुख शंकर खत्रीले बताए । ‘उच्च अदालत पाटनबाट भएको फैसला सच्याउन सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन हामीले महान्यायाधिवक्ता कार्यालयमा पठाइसकेका छौं,’ सहन्यायाधिवक्ता खत्रीले भने, ‘प्रतिवेदन […]
पूरा पढ्नुहोस्
डोटी बहुमुखी क्याम्पससहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग
धनगढी । डोटी बहुमुखी क्याम्पससहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना निकालेर काठमाडौँ उपत्यकाका तीन सहित ११ वटा क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो । त्रिविले काठमाडौँका रत्न […]
पूरा पढ्नुहोस्
बाजुराको अर्गानिक स्याउ बजारमा
धनगढी । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ । यहाँका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ठेकेदारले बारीमै पुगेर कर्णाली करिडोरको बाटो हुँदै कैलालीको लम्की लगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको हो । कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ यती बेला त्यो सडक सुचारु […]
पूरा पढ्नुहोस्
डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु
धनगढी। डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले बताए । उनी आज बिहान स्थानीय धरमपानी सामुदायिक वनमा मृत अवस्थामा पाइएका वडाध्यक्ष भाटले बताए । आइतबार बाख्रा चराउन गएका विष्ट साँझसम्म घर नफर्केपछि खोजी गरिएको थियो । घटनाबारे […]
पूरा पढ्नुहोस्
धनगढी बिमानस्थलबाट बझाङ र अछाममा नियमित उडान गर्ने
धनगढी। समिट एयरले भोलीदेखी बझाङ र अछामको साँफेमा नियमित उडान गर्ने भएको छ । धनगढी बिमानस्थलबाट बझाङ र साँफे उडान नियमित गर्ने समिट एयरले जनाएको छ । समिटले प्रत्येक हप्ताको सोमबार र बिहिबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान भर्ने समय तालिका राखिएको छ । नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान […]
पूरा पढ्नुहोस्
मोरङमा केराको बगानभित्र २ बालिका मृत भेटिए, आमा बेपत्ता
धनगढी । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएको थियो । बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको […]
पूरा पढ्नुहोस्
माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता
धनगढी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् । कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि […]
पूरा पढ्नुहोस्
ममता काफ्लेकी आमा पुगिन् अमेरिका
धनगढी। अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी […]
पूरा पढ्नुहोस्