समाचार

सुदूरपश्चिम प्रदेश सरकारले एकै पटकमा पायो पूर्णता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एकै दिनमा पूर्णता पाएको छ । मुख्यमन्त्रीसहित सात मन्त्रालय र तीन राज्य मन्त्रीले आज एकै पटक शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए । मुख्यमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनले थप ६ जना […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री काँग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ […]

पूरा पढ्नुहोस्

धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

धनगढी । धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हाम्रो धनगढी सफा धनगढी अभियानलाई सहयोग गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको जनाइएको छ । विद्यार्थीहरुले विद्यालय वरिपरिको क्षेत्रमा सरसफाई गरेका थिए । भने बजार क्षेत्रका सडकमा रहेका कुहीने र नकुहिने फोहोर सफा गरेका थिए । सो विद्यालयले विभिन्न समयमा सरसफाई […]

पूरा पढ्नुहोस्

कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं । आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदैछन् । प्रदेशसभा बैठक ४ बजेका लागि आह्वान भएको छ । सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । यसअघि एक मन्त्रीले राजीनामा दिइसकेका छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका हुन् ।

पूरा पढ्नुहोस्

सुदूरपश्चिमको भावि मूख्यमन्त्रिमा देउवाको प्रबल सम्भावना

धनगढी । सुदूरपश्चिम प्रदेशको भावि मुख्यमन्त्रीमा पुर्व भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रबल सम्भावना रहेको बताइएको छ । आधिकारीक निर्णय नभइरसकेको अवस्थामा नेताहरुको काठमाडौंमा निकै दौडधुप चलिरहँदा देउवाको बलियो सम्भावना रहेको जनाइएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर […]

पूरा पढ्नुहोस्

विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

धनगढी । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान […]

पूरा पढ्नुहोस्

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत […]

पूरा पढ्नुहोस्