समाचार

सुदूरपश्चिमका पूर्वमन्त्री चौधरीका ‘पीए’ले ठगे झण्डै २७ लाख

  धनगढी। सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट २६ लाख ४० हजार संकलन गरेको पाइएको छ। कैलालीको कैलारी गाउँपालिकाको विवादित पावर टिलर प्रकरणमा पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले ५० प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट रकम संकलन गरेका हुन्। उनले हसुलियामा आयोजित सार्वजनिक […]

पूरा पढ्नुहोस्

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

  धनगढी । कञ्चनपुरमा जंगली जनावर बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ३० वर्षिय मानमती साउँद रहेकी छन् । मंगलबार राती ८ः४५ बजेको समयमा घरमै आएर बाघले उनिमाथि आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गाई गोठमा गाईलाई घाँस हाल्ने क्रममा जंगली जनावर(बाघ) ले […]

पूरा पढ्नुहोस्

रुकुम पश्चिममा बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

धनगढी । रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका -१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् । तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका […]

पूरा पढ्नुहोस्

धनगढी विमानस्थलमा एयर होस्टेजमाथि दुर्व्यवहार, एकजना पक्राउ

  धनगढी । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। श्री एयरलाइन्समा मंगलबार साँझ ४ बजेको काठमाडौं–धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। काठमाडौंबाट उडेको श्रीएयरको विमान साँझ ५ […]

पूरा पढ्नुहोस्

चर्चमा धनगढी उपमहानगरले चलायो डोजर

  धनगढी। धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको छ। उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ। मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल […]

पूरा पढ्नुहोस्

अझै कालोपत्रे हुन सकेन भातकाँडा–बडाल–रेल सडक

  धनगढी। भातकाँडा–बडाल–रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८–२०७९ मा ठेक्का सम्झौता भएपनि सडक कालोपत्रे हुन सकेको छैन । नेपाली काँग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका १, रुवाखोला भएर भातकाँडा–बडाल–रेल सडकको काम ठेकेदारको चरम लापरबाहीले यो सडक खण्ड कालोपत्रे हुन सकेको छैन । यस भन्दा […]

पूरा पढ्नुहोस्

बेखर्ची सुदूरपश्चिम सरकारः १५ दिनदेखि राजश्व संकलन शून्य, उधारोमा चलाउँदै दैनिक खर्च

  धनगढी। सुदूरपश्चिम प्रदेश पछिल्लो १५ दिनदेखि बेखर्ची छ । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट असार मसान्तसम्म पारित नभएपछि अहिले प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको छ । आर्थिक ऐन नआउँदा १५ दिनदेखि राजश्व संकलन रोकिएको छ भने विनियोजन ऐन नआउँदा प्रदेश सरकारले गर्न पाउने खर्चमा पनि अवरोध सृजना भएको छ । आम्दानी […]

पूरा पढ्नुहोस्

विपिन जोशीको रिहाइका लागि प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा। राणाले सो जानकारी दिएकी हुन्। विपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले सोमबार परराष्ट्रमन्त्री डा। राणालाई उनको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन […]

पूरा पढ्नुहोस्

साउन १५ गते आज खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले […]

पूरा पढ्नुहोस्

कैलालीबाट खैरो हिरोइनसहित ४ जना पक्राउ

धनगढी । कैलालीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौलाबाट सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश आउजी सोमवार पक्राउ परेका हुन्। आउजीलाई २ ग्राम खैरो–हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस्तै आज (मंगलवार) राति २ बजे धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय […]

पूरा पढ्नुहोस्