समाचार

कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना

  धनगढी। कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ । पुर्वपश्चिर राजमार्गमा स्कुल बस दुर्घटना भएको हो । बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएको जानकारी आएपनि विस्तृत विवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन । उनले स्कुल बस कुन स्कुलको हो भन्ने बारेमा नखुलेको […]

पूरा पढ्नुहोस्

विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार, संसद् जाँदा मन्त्रीलाई कारबाहीको डन्डा अध्यादेशमा ब्रेक लागेपछि मुख्यमन्त्री रुष्ट, बुधवार विश्वासको मत लिने तयारी

  धनगढी। सुदूरपश्चिम प्रदेशमा अहिले विशेष अधिवेशन चलिरहेको छ । ४ गते प्रदेश प्रमुख नजिर मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । उनीहरूले संघीय, स्थानीय तहको सरकार र सरोकारवाला निकायहरूसँग समन्वय ,सहकार्य र कार्यान्वयनको सवालमा समेत वर्तमान प्रदेश सरकार मूकदर्शक भई बसिरहेको […]

पूरा पढ्नुहोस्

धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ

धनगढी। आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले नेपाल प्रेसलाई बताए । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो ।

पूरा पढ्नुहोस्

कञ्चनपुरमा ड्रक्ससहित २८४ जना पक्राउ, जेलभित्र कोचाकोच

  धनगढी। ड्रक्स अर्थात लागुऔषधको सेवनबाट कञ्चनपुरका अधिकांश युवाको भविष्य बर्बाद बन्न थालेको छ। भविष्यको उर्वर शक्ति युवाको ठुलो जमात ड्रक्सको दलदलमा फस्न थालेपछि उनीहरुको परिवारमा रुवाबासी छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ। कानुनले अपराध मानेको लागुऔषध सेवन, विक्रीविरतण र ओसारपसार कार्यलाई […]

पूरा पढ्नुहोस्

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान […]

पूरा पढ्नुहोस्

धनगढीका अटोरिक्सा माथी मेयरको नजर नियममा कडाई र ब्यवस्थित गरिदै

धनगढी। धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ। उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने भएको हो। उपमहानगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पाङ्ग्रे अटो रिक्साको रुट तथा संख्या निर्धारण गरिने भएको छ। साथै उपमहानगरपालिकाले रिक्सा सञ्चालनको अनुमति पत्र नवीकरण, खारेजी र […]

पूरा पढ्नुहोस्

कञ्चनपुरमा २ जना मृत फेला

धनगढी । कञ्चनपुरमा २ जना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। यस्तै कृष्णपुर नगरपालिका–६ गजरौलाका […]

पूरा पढ्नुहोस्

मन्त्रालय फोडेर पनि सत्ता नजोगिएपछि मुख्यमन्त्री सोडारीले फेरि जोडेर दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

धनगढी । सत्ता जोगाउनकै लागि सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अन्ततः सत्ता नजोगिने भएपछि एक महिनामै मन्त्रालयको संख्या पुरानै कायम गरेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ७ मन्त्रालयमा १० मन्त्री भएपछि मुख्यमन्त्री सोडारीले असार […]

पूरा पढ्नुहोस्

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अबरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी […]

पूरा पढ्नुहोस्