Author: Sts Television
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। आज देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र […]
पूरा पढ्नुहोस्
कैलारीमा पावर टिलरका नाममा २ सय परिवारको करोडौँ रकम असुली
धनगढी । कैलालीको कैलारी गाउँपालिकाका किसानहरुबाट पावर टिलर बाँड्ने भन्दै करोडौँरकम असुल गरेको पाइएको छ । कालीमाई सहकारीले मात्रै एक लाख १७ हजारका दरले २ सय किसानबाट रकम उठाएको पाइएको छ । सहकारीले सूचना जारी गर्दै बाल सशक्तीकरण नेपाल काडमाण्डौँले जिल्ला प्रशासन कार्यालय, कैलालीबाट कार्यक्रम सञ्चालनको अनुमति समेत लिएको पाइएन । बाल सशक्तीकरण नेपाल परियोजना […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव […]
पूरा पढ्नुहोस्कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु अपडेटे
पोखरा । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र […]
पूरा पढ्नुहोस्
अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु
काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक […]
पूरा पढ्नुहोस्
सिद्धार्थ बैंकले गर्यो नमुना विद्यालयका बालबालिकाको लागि २ लाख सहयोग
धनगढी । सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ। बैंकले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो। बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा आज (बुधवार) २ लाख १० हजार रकम हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ।
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । […]
पूरा पढ्नुहोस्
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]
पूरा पढ्नुहोस्
कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्दै विभाग
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्ने भएको छ । असार २३ र २४ गतेको दर्के झरीले नेपालमा हालसम्म रेकर्ड भएको अधिक वर्षाको सबै रेकर्ड तोडेको थियो । अति भारी वर्षासँगै आएको बाढी९पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएको थियो । विभागका मौसमविदहरुले प्रारम्भिक विश्लेषणबाट कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ (आरी […]
पूरा पढ्नुहोस्
भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त
काठमाडौँ । भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् । बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् । ‘भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा गौतम गम्भीरलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ,’ शाहले पोस्ट गरेका छन् ।गत संस्करणको आइपिएलमा गम्भीरले मेन्टरिङ गरेको […]
पूरा पढ्नुहोस्