Author: Sts Television
असार अन्तिममा लम्की चुहाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ । नगरप्रमुख सुशिला कुमारी शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । उपप्रमुख चौधरीले चालूतर्फ ७० करोड ३९ […]
पूरा पढ्नुहोस्
धनगढी उपमहानगरपालिकालाई एभरेष्ट बैंकको सहयोग
धनगढी । धनगढी उपमहानगरपालिकालाई एभरेष्ट बैंक लिमिटेड धनगढी शाखाले आर्थिक सहयोग गरेको छ। बैंकले नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो। नगर प्रमुख शैक्षिक सुधार कोषमा एभरेष्ट बैंक लिमिटेड धनगढी शाखाले ४० जना बालिकाको लागि दुई लाख दस हजार रकम हस्तान्तरण गरेको हो।
पूरा पढ्नुहोस्
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
गाजा । इजरायली कब्जाकारी सेना ९आइओएफ० ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको […]
पूरा पढ्नुहोस्
आज पाँच ओटा प्रदेशमा भारी बर्षाका कारण बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक दुइ स्थानमा […]
पूरा पढ्नुहोस्
मनसुनपछिको प्रकोपले हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते
काठमाडौं । नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा बाढी र पहिरोको वितण्डाः तीन हजार बढी प्रभावित, पाँचको मृत्यु, २ जना बेपत्ता
कैलाली । शनिबारदेखि परेको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका करिब सबै जिल्ला प्रभावित भएको छ । कैलाली र कञ्चनपुरमा बाढीले वितण्डा मच्चाएको छ भने पहाडी सात जिल्लामा बाढी र पहिरो दुबैका कारण जनजीवन प्रभावित भएका छन् । सोमबार मात्रै प्रदेशका ९ वटै जिल्लामा करिब ३ हजार जनालाई सुरक्षित स्थानमा सारिएको थियो । वर्षा रोकिएपछि उनीहरु मध्ये […]
पूरा पढ्नुहोस्
पानीमा डुबेर बेपत्ता भएकी आरती पनि मृत फेला
कञ्चनपुर । कञ्चनपुरमा नुहाउने क्रममा बेपत्ता भएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको पुनर्वास–५ की १६ वर्षीया आरती बोगटी खोजतलासको क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण उनीसँगै रहेकी दुई बालिकालाई पनि बेपत्ता भएकी थिइन्। आज (सोमवार) दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने […]
पूरा पढ्नुहोस्
कैलारी गाउँपालिकाको एसईई नतिजा : सामुदायिक विद्यालयका ९ प्रतिशत विद्यार्थी मात्र उर्तिण
धनगढी । कैलालीको कैलारी गाउँपालिका का सामुदायिक विद्यालयबाट एसईई परिक्षामा ९ प्रतिशत विद्यार्थी मात्र उर्तिण भएका छन् । शैक्षिक शत्र २०८० को एसईई परिक्षामा कैलारी गाउँपालिका का ९ वटा सामुदायिक विद्यालयबाट ५२८ जना विद्यार्थीले परिक्षा दिएकोमा ४८ जना मात्र उर्तिण भएका छन् । हेरौं कैलारी गाउँपालिकाका कुन विद्यालयको नतिजा कस्तो छ । कैलारी गाउँपालिका वडा […]
पूरा पढ्नुहोस्
कैलालीका अधिकांश नदीमा बाढी, दर्जनौँ परिवार विस्थापित
कैलाली । कैलालीका साना ठूला नदीमा पानीको सतह बढेर गाउँ पस्न थालेपछि तटीय क्षेत्रका स्थानीयहरू विस्थापित हुन थालेका छन् । कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जल सतह १०.८ मिटर पुगेको छ।यहाँ जल सतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ । मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश […]
पूरा पढ्नुहोस्