समाचार
स्ववियु निर्वाचन : सुदूरपश्चिममा नेविसंघ पहिलो, अरुको अवस्था के ?
धनगढी: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ३७ क्याम्पसमा चुनाव सम्पन्न भएको छ । ३६ मध्ये नेपाल विद्यार्थी संघ (नेविसंघ) सबैभन्दा बढी १७ क्याम्पसमा विजयी भएको छ । अनेरास्ववियु नौ र अखिल (क्रान्तिकारी) पनि नौ कलेजमा विजयी भएको छ । कैलालीको चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीको बराबर […]
पूरा पढ्नुहोस्
कैलालीका ८ क्याम्पसको नतिजा सार्वजनिक, ४ मा नेविसंघ र ३ मा अखिल क्रान्तिकारी विजयी
धनगढी – कैलालीमा त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तरगतका ८ क्याम्पसको स्वतन्त्र युनियन स्ववियु नजिता सार्वजनिक भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा ८ मध्ये ४ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ भने ३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । नेविसंघबाट फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् ।
पूरा पढ्नुहोस्
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक एआईजी थापालाई आईजीपी नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी […]
पूरा पढ्नुहोस्
बाजुरामा गाईलाई ढुंगाले हानेको घटना संसदमा उठ्यो , छानबिनको माग
धनगढी । बाजुरामा गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् । गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि […]
पूरा पढ्नुहोस्
कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए
धनगढीः कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन्। फागुन २८ गतेदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएका हुन्। २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि […]
पूरा पढ्नुहोस्
धनगढीको मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाईते
धनगढीः धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको मृत्यु भएको छ। २ जना भने घाईते भएका छन्। सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाईते […]
पूरा पढ्नुहोस्
पार्टीभित्रको मतभेद, असन्तुष्टि र प्रतिष्पर्धालाई एउटा पाटोमा राखे काग्रेस एक्लैको बहुमत आउँछ–सभापति देउवा
धनगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताएका छन् । धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा लागेको अन्धकार भन्ने रोगलाई सदाका लागि निर्मूल पार्न आवश्यक रहेको बताए । उनले पार्टीमा लडाइ हुन्छ । भोट […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन धनगढीमा सुरु
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन सोमबारदेखि कैलालीको धनगढीमा सुरु भएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टीलाई थप सशक्त बनाउन यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। उनले सम्मेलनको सफलताको शुभकामना दिँदै पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। सुदूरपश्चिम कांग्रेसका सभापति […]
पूरा पढ्नुहोस्
कांग्रेस सभापति देउवा भोलि धनगढी आउँदै
धनगढीः पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि सोमवार धनगढी आउँदै छन्। धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि देउबा धनगढी आउन लाग्नु भएको हो। उनी बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्नुहुने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए।
पूरा पढ्नुहोस्